

कवाडी व्यवसायीहरुको राजधानीमा प्रदर्शन,बालेन तिमी कता छौं ? हामी कवाडी यता छौं




काठमाडौं । सोमबार राजधानीस्थित कमलादी क्षेत्रमा एकाएक हजारौंको संख्यामा कवाडी व्यवसायीहरु प्रदर्शनमा उत्रिन पुगे । उनीहरुले काठमाडौं महानगर भित्रै हालका बहालवाला मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी समेत गर्न भ्याए ।
दिउँसोको समयमा गाडी तथा पैदल गर्दै निस्किएका उनीहरुले मुख्यतय काठमाडौंका मेयर बालेनलाई नै लक्षित गरेर नाराबाजी गरेको सुन्न सकिन्थ्यो ।
अन्य बेलामा जस्तै ठूलो हुलको अगाडी पछाडी सुरक्षाका लागि (अप्रिय घटना नघटोस भनेर) प्रहरीहरु समेत परिचालन गरिएको थियो ।
कवाडी व्यवसायीहरुले मुख्यतय आफूहरुले गरिखान पाउनु पर्ने बताए । उनले आफ्नो रोजीरोटीको विरुद्धमा मेयर जान नहुने समेत सुझाए ।
नारा लगाउने क्रममा उनीहरुले चर्को स्वरमा माइकिंग गर्दै एकाएक बालेन चोर देश छोड, प्रहरी भेषमा राजु पाण्डेको गुण्डागर्दी अन्त्य गर, अदालतको आदेशको पालन गर, रोजीरोटी नखोस भन्दै ठूलो आक्रोश व्यक्त गरेको देखिन्थ्यो ।
एकाएक उनीहरुले फेरी नरम स्वरमा बालेन तिमी कता छौं, हामी कवाडी यता छौं भन्ने समेत नारा लगाए ।
उनीहरुले अब कवाडी व्यवसायीहरु पनि जागिसकेको भन्दै राजधानीमा दिउँसै प्रदर्शन गर्न पुगे ।
सोही क्रममा सवारीहरुमा जाम पर्नेदेखि सवारीलाई एक स्थानमा हिडेकालाई हतारमा ट्राफिक प्रहरीहरुले अर्को स्थानमा डाइर्भट समेत गरेको देख्न सकिन्थ्यो ।
यद्यपी महानगर र व्यवसायीहरुले एउटा खास बिन्दुमा पुगेर, वार्ताको माध्यमबाट समाधान खोज्नु बुद्धीमानी हुने देखिएको छ ।