

खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलवीच छलफल, हैजा प्रभावित क्षेत्रमा जनशक्ति थपिने




काठमाडौ, ८ भदौः खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलवीच वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।
आज मन्त्री यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग प्रत्यक्ष भेट गरी वीरगंजमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल सम्पन्न गर्नु भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।
उक्त छलफलमा वीरगंजका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानीमन्त्री यादवले जानकारी दिए।
उनले भने भयो, ञहैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ।झ
वीरगंज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए।
उनले भने, वीरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौं। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।