

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
आईपीओमा मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ ।