

आइएमई लाइफको आठौं वार्षिकोत्सव सम्पन्न




काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले सो अवसरमा स्वस्थ्य जीवनको लागि जीवन बीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो । कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार भएको बताए । उनले भने, ‘प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौं।’