

नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालक बने किरण पौडेल




काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएको अवस्था छ।
साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो भने यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। उनले दिएको राजीनामा कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
पौडेल नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेको बताइएको छ ।