

तराई झल्काउँने काठमाडौंका आँप




काठमाडौं । राजधानी काठमाडौंमा पछिल्लो समय धेरै कुराहरु यस्ता देखिन्छन् जुन देशको दक्षिण बेल्ट तराईसँग मिल्दो जुल्दो हुन जान्छ । कतिपय अवस्थामा राजधानीमा मनाइएका छठ लगायतका पर्व अनि अन्य चालचनमा समेत तराईको झल्को आउने गरेको विश्लेषण हुन सुरु गरेको हो।
यस्तो बेलामा आज राजधानीको धुम्बाराही स्थित एक बोटमा फलेको आँपको वृक्षले समेत तराईको झल्को दिएको अवस्था छ ।
मुख्य गरी गर्मी याम र तराईको समथर भुमागका देखिने आँपका वृष काठमाडौंमा समेत देखिन थालेको विषयमा यस अघि पनि कतिपय चर्चा भएको पाइन्छ । तर, तराईमा फल्ने आँप र पहाडका आँपमा रंग, स्वाद, गुणस्तर लगायत कतिपय कुराहरुमा केही भिन्नता समेत भेटिन्छ ।
कहिलेकाँही तराईका कतिपय सर्पहरु समेत उकालो चढ्न थालेको हामीले प्रत्यक्ष महशुस गर्दै आएको अवस्था छ । यहाँ बसोबास गर्दा वर्षौनी गर्मीको मात्रामा समेत वृद्धि भएको अनुभव हुन थालेको अवस्था छ ।
यस्तो बेलामा काठमाडौंमा देखिएको एक आँपको वृक्ष समेत सार्वजनिक गरिएको छ ।