

बढ्यो पेट्रोलको मूल्य




काठमाडौं । पेट्रोलियम पदार्थको आगामी १५ दिनको लागि राती १२ बजेबाट लागु हुनेगरि नयॅा मुल्य कायम गरिएको छ। साविकको मूल्यमा प्रति लिटर पेट्रोलमा रु २.३३ रुपैयाँ बढाइएको हो ।
यता, डिजेल १.२७ र मट्टितेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको छ। पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य अनुसार चेक गरि भुक्तानी गर्न उपभोक्ताहरुलाई अनुरोध गरिएको छ ।