

स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?




काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । यो आईपीओमा पहिलो चरणमा श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गर्ने छ ।
कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १ हजार १५५ कित्ता कम्पनीका कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र विदेशका रहेका नेपालीका लािग २३ हजार १०० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
विदेशमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।