

सानिमा लार्ज क्याप फण्डको प्रतिफल घोषणा




काठमाडौं । सानिमा लार्ज क्याप फण्डले इकाईधनीहरुलाई २१.०५ प्रतिशत प्रतिफल दिने भएको छ । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
फण्डले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट इकाइधनीलाई करसहित २१.०५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको हो ।
प्रतिफल घोषणा गरेको फण्डले भदौ ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । भदौ ५ गतेसम्म कायम रहेका इकाइधनीले उक्त लाभांश पाउनेछन ।