

प्रिओपन सेसनमा २.८१ अंकले बढ्यो नेप्से




काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ३ अंकले बढेको छ।
मंगलबार २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८१ अंक बढेर २७९९.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।
आज प्रिओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ४१ लाख २७ हजार ९३ रुपैयाँबराबरको १० हजार ७५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ।