

सेयर बजारमा दोहोरो अंकको गिरावट




काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार मापन गर्ने सूचक २७.९० अंकले घटेर परिसूचक २८२२.४६ बिन्दु कायम भएको छ ।
३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ । कारोबारमा अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
कारोबारमा रिफर फल्स पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै पन्चकन्या माइ हाइड्रोपावर कम्पनी, बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस्तै उन्नती सहकार्य लघुवित्त, लिबर्टी इनर्जी, ट्रेड टावर, सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।