

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका तीन वटा फण्डको प्रतिफल घोषणा




काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित तीनवटा म्युचुअल फण्डहरुले इधाईधनीलाई प्रतिफल घोषणा गरेका छन् ।
साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल घोषणा भएको हो ।
कम्पनीका अनुसार अर्थिक वर्ष २०८१/८२ का लागी कर सहित प्रतिफलको घोषणा भएको छ । जसमा सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को १७ प्रतिशत रहेको छ ।
प्रतिफल घोषणा गरेको कम्पनीले बुक क्लोजको मिति भने तय गरेको छैन ।