

सिकलेस हाइड्रोपावरको लाभांश घोषणा




काठमाडौं । सिकलेस हाइड्रोपावर कम्पनीले लाभांश र हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/०८१ र आव २०८१/०८१ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी बार्षिक साधारण सभामा पेश गर्ने प्रस्ताव रहेको छ । सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् भने हकप्रद सेयर निष्कासन हुने छ ।