

नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थपियो




काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । अब भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीमा १० कित्ता सेयर हुनेले थप ३.४७ कित्ता अनुपातमा हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्काशनका लागि भन्दै कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको छ । जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पश्चात २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।