

एक सातामा नेप्से सूचीकृत शेयर ९ लाख कित्ता




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ९ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ।
गत मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई वितरण गरेको १३.५० प्रतिशत बोनस शेयर बापत ९ लाख ३२ हजार ४२१.१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
यो साता नेप्सेमा यही एक कम्पनीको शेयर सूचीकृत भएको हो।