

रसुवागढी हाइड्रोको स्थानीयले पाएको शेयरको लकइन अवधि सकिंदै




काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित स्थानीयले पाएको शेयरको इकइन अवधि भदौ २७ गते सकिंदैछ।
कम्पनीले आईपीओ निष्कासन गर्दा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर ०७९ भदौ २८ गते बाँडफाँड गरेको थियो।
उक्त बाँडफाँडको मितिले ३ वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम हालसम्म सो शेयर लकइनमा रहेका छन् जसकारण कारोबारमा आउन सकेको छैन।
आउँदो भदौ २७ गते उक्त शेयरको लकइन अवधि सकिएपछि भदौ २९ गतेबाट सो शेयर खरीद–बिक्री गर्न सकिनेछ।