

मेटलाइफ नेपालले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अभिकर्ताहरुलाई सिनर्जी मिटमा सम्मान




काठमाडौं । मेटलाइफ नेपालले २०२५ को पहिलो त्रैमासिकमा ग्राहकहरुलाई निरन्तर वित्तीय सुरक्षा प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई सम्मान गदै सिनेर्जी मीटको आयोजना गरेको छ । कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट नयाँ फील्ड फोर्सहरू (एजेन्टहरू) लाई विशेष रूपमा पुरस्कृत गरिएको थियो ।
मेटलाइफको नयाँ बिमा योजना “डबल प्रोटेक्सन प्लस” सबैभन्दा धेरै ग्राहकहरुलाई प्रवर्द्धन गर्दै अधिकतम बिक्री गर्ने अभिकर्तालाई विशेष सम्मान गरिएको थियो । मेटलाइफको वान बाई मेटलाइफमा एपमा सबैभन्दा धेरै ग्राहक दर्ता गराएर डिजिटल पहुँच विस्तार गर्ने टप एजेन्सीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूमा एजेन्टहरू, युनिट म्यानेजरहरू, एजेन्सी म्यानेजरहरू लगायत विभिन्न तहका अभिकर्ताहरू थिए। अभिकर्ताहरुलाई मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठ, मुख्य वितरण अधिकृत अरुण बहादुर बस्नेत, र एजेन्सी डाइरेक्टर अनिन्द्र राज श्रेष्ठ ले सम्मानित गरेका थिए ।
कार्यक्रममा एजेन्टहरू अभिकर्ताहरुको मेहनत, प्रतिबद्धता र ग्राहक-केन्द्रित सेवाभावको प्रशंसा गर्दै यस सिनेर्जी मीटले अभिकर्ताहरुलाई प्रेरणा र पहिचान दिने प्लेटफर्मको रूपमा काम गर्दै र उच्च प्रदर्शनका लागि हौसला दिदै आएको छ ।
नेपालको सम्पूर्ण जिल्लाहरुमा बीमा र स्वास्थ्य सुरक्षाको पहुँच विस्तार गर्न फील्ड फोर्सको भूमिकालाई मेटलाइफले कदर गर्दै आएको छ।