
काठमाडौं । एथर एनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
आज (साउन २१ गतेदेखि) सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गरिएको हो । एक्स्पोमा सार्वजनिक भएको उक्त स्कुटर पारिवारिक स्कुटर भएको कम्पनीले जनाएको छ ।