

बीवाइडी सिगलको एटो–वान सार्वजनिक




काठमाडौं । बीवाइडीको कम्प्याक्ट ह्याचव्याक कार सिगल नेपालमा एटो–वान नाइमा अटो शोमा सार्वजनिक भएको छ । बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अटो शोमा उक्त गाडी सार्वजनिक गरिएको हो । यस गाडीको मूल्य २८ लाखदेखि ९५ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
यो कारको स्ट्याण्डर्डमा ३०.०८ किलोवाट अवार र प्रिमियममा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः ३०० र ३८० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ । यसलाई ४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरमा नेपालमा बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो । सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।
मिलिमस्टिक डिजाइन रहेको बीवाइडी एटो९वानमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पाउन सकिन्छ ।