

वर्षाले क्षती पुर्याएका बीमितहरुलाई कम्पनीहरुले तिरे ४७ करोड:शिखर एक्लैको २५ करोड भुक्तानी




काठमाडौं । देशभर ठूलो वर्ष भएर गएको असोजको दोस्रो साता क्षती पुगेका बीमितहरुलाई बीमा कम्पनीहरुले दाबी-भुक्तानी दिन सुरु गरेका छन् । उनीहरुले ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दावी भुक्तानी गर्दा शिखर इन्स्योरेन्स एक्लैले २५ करोड तिरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ। अझ यस अघि थोरै मात्र कम्पनीहरुले भुक्तानी गर्दा शिखर इन्स्योरेन्सले करिब शत प्रतिशत क्लेम गरेको थियो ।
छिटो एवम् छरितो दाबी-भुक्तानीलाई नै मुख्य प्राथमिकतमा राख्दै आएको शिखर इन्स्योरेन्सले बीमाको परम विश्वासको सिद्धान्तलाई अपनाउँदै आएको पनि दाबी गर्ने गरेको छ । यता नेको इन्स्योरेन्सले दुई करोड ३४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले चार करोड ३८ लाख,सिद्धार्थ प्रिमियरले सात करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
त्यस्तै, भारत सरकारको लागनी रहेको दी ओरियन्टलले ७२ लाख, हिमालयन एभरेष्टले तीन करोड ५५ लाख, नेशनल इन्स्योरेन्सले २२ लाख, आईजिआई प्रुडेन्सियलले एक करोड २५ लाख, एनएलजी इन्स्योरेन्सले ५६ लाख ६९ हजार रुपैयाँ दाबी-भुक्तानी गरेका छन् ।
बीमा प्राधिकरणकै तथ्यांकलाई आधार बनाउँदा सानिमा जिआईसीले ७८ लाख २५ हजार, नेपाल इन्स्योरेन्सले ९८ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ लाख १२ हजार, युनाईटेड अजोड इन्स्योरेन्सले ५१ लाख रुपैयाँ रकम बीमतिहरुलाई दाबी भुक्तानी स्वरुप प्रदान गरेका हुन्।
साथै,शिखर इन्स्योरेन्सले दाबी परेका नागरिकहरुको पिडामा मल्हमपट्टी लगाउँदै प्रि-भुक्तानीको लागि समेत पटक-पटक सूचना आह्वान गरेको थियो ।