

तेह्रथुम पावरको अवितरित हकप्रद सेयर साउन २७ गतेदेखि बिक्रीमा आउने




काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । यसमा जेठ ४ गतेसम्म कायम सेयरधनीहरूले आवेदन दिएका थिए ।
आवेदन दिने सेयरधनीलाई ३५ लाख ८१ हजार २६२ कित्ता बाँडफाँट गरेपछि बाँकी रहेको ४ लाख १८ हजार ७३८ कित्ता सर्वसाधारण समूहको शेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।
उक्त सेयर खरिदका लागि लगानीकर्ताले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको उक्त शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रीय कार्यालय र नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।