

दोहोरो अकंले बढ्यो बजार




काठमाडौँ । तीन दिनसम्म निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । भारी गिरावटपछि आजको कारोबार अन्त्यसम्म नेप्से सूचक दोहोरो अंकले उकालो लागेको हो । दिनभर बजारमा उतारचढाव जारी रहे पनि कारोबार अन्त्यतिर सकारात्मक परिवर्तन आएको देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४६ अकंले बढेर २८७५.३६ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।