

नेप्सेको वेबसाइटमा समस्या




काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा सोमबार अचानक समस्या देखिएको छ। शेयर कारोबार बन्द भएको केही समयपछि वेबसाइट अवरुद्ध हुँदा लगानीकर्ताहरू अन्योलमा परेका छन्।
वेबसाइटमा करिब एक घण्टासम्म पनि सुधार नआएपछि सेवाग्राहीहरू सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्न थालेका छन्। वेबसाइट खोल्दा “We’ll Be Back Soon – Our site is currently undergoing scheduled maintenance. Please check back in a few minutes.” भन्ने सन्देश देखिन्छ। तर, नेप्सेले वेबसाइट मर्मतमा रहेको जनाए पनि यसबारे कुनै पूर्व सूचना जारी गरिएको थिएन।