
प्राइम बैंकको डीजीएममा खत्री नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्रीले नियुक्ती पाएका हुन् ।
उनले कुशल कार्यसम्पादनको छवी स्थापित गर्दै बैंकिङ क्षेत्रमा विगत दुई दशकभन्दा लामो कार्य अनुभव हाँसिल गरेका छन्। सरल स्वभावका खत्री सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै काम गर्दै आएका उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बन्न सफल भएका थिए । करिब एक महिनाअघि उनी सिटिजन्स बैंकबाट बाहिरिएका हुन भने नेपाली बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा उनलाई चिन्ने गरिएको छ।
हालसम्म देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा खत्रीले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

