

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थपियो




काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ ।
कम्पनीले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन भएको हो । माग अनुसार आवेदन नपरेपछि भदौ ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रदमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । जेठ २२ गते बुकक्लोज गरेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले हकप्रदमा आवेदन बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकको नारायणगढ, हेटौँडा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, विरगञ्ज, जनकपुर, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर बाट आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।