

६३.७३ अंकले घट्यो नेप्से परिसूचक




काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज विभिन्न सेक्टरका ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री भएर १३ अर्ब सात करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।