

झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन




काठमाडौ । झापा इनर्जी कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लािग निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
उक्त सेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।