

फस्टाउँदै लघुबीमा कम्पनीहरुको व्यापार:साढे पाँच करोड आर्जन गर्दै नेपाल माइक्रो अग्रस्थानमा




काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको तथ्यांक उपलब्ध गराएको छ । बीमा प्राधिकरणको सो तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुको व्यावसायीक अवस्था देखाइएको हो।
सोही विवरण अनुसार पहिलो तीन महिनामा सबैभन्दा धेरै व्यावसाय नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गरेको देखिन्छ । नेपाल माइक्रोले पहिलो त्रैमासमा २० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री गरेर साढे पाँच लाख रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको छ ।
त्यस्तै, सोही अवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साढे १५ हजार वटा बीमा पोलिसी बिक्री गरेर चार करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको अवस्था छ ।
समिक्षा अवधिमा स्टार माइक्रो इन्स्योरेन्सले साढे १८ सय वटा बीमा पोलिसी बिक्री गरेको छ । सोही अवधिमा उसले बीमाशुल्क बापत चार करोड १८ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ ।
साथै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले पनि साढे १४ सय भन्दा बीमा पोलिसी बिक्री गरेर चार करोड २६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ ।