

एनएमबि सरल बचत फण्ड-इ को प्रतिफल घोषणा




काठमाडौं । एनएमबि सरल बचत फण्ड–इले इधाईधनीलाई प्रतिफल घोषणा गरेको छ ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कोषले इकाईधनीलाई कर सहित ४.२७ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
यसको योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले साउन १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
साउन १५ गतेसम्म कायम रहेका इकाईधनीले प्रतिफल पाउनेछन् । एनएमबि सरल बचत फण्ड–इ खुलामुखि योजना हो ।