

गरिमा समृद्धि योजनाको लाभांश घोषणा




काठमाडौं । गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८१/८२ बाट इकाईधनीलाई कर सहित ५.१० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको साउन १५ गते बसेको बैठकले इकाईधनीलाई ५.१० प्रतिशत लाभांश बापत ६ करोड ३७ लाख ५० हजार रुपैयाँ बाँड्ने निर्णय गरेको हो।
क्यापिटलले लाभांश बाँड्नका लागि साउन २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसर्थ साउन २६ गतेसम्म उक्त योजनाको इकाई खरीद गर्ने इकाईधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश बापतको रकम इकाईधनीको डिम्याट खातामा रहेको बैंक खातामा पठाइने क्यापिटलले जानकारी दिएको छ।