

आजदेखि नागरिक एपमा जोडियो श्रम संसार पोर्टल




काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ । आजदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो ।
मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । श्रम संसार पोर्टल, नागरिक एपसँग जोडिएसँगै एकीकृत रूपमा विभिन्न सेवा प्रदान गर्ने श्रम मन्त्रालयले जनाएको छ ।
यो एकीकरणसँगै अब नागरिकहरूले आफ्नो मोबाइलमा रहेको नागरिक एपमार्फत नै रोजगारीका अवसरहरू खोज्न र सीधै आवेदन दिन सक्ने भएका छन् ।
मन्त्री भण्डारीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई साकार पार्ने र नागरिकमैत्री शासन प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुंगा भएको बताए ।