

पायो आइएमई मोटर्सले ‘बेस्ट सर्भिस प्रोभाइडर’ अवार्ड




काठमाडौं । आइएमई मोटर्सले अशोक लेल्याण्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर’ अवार्ड पाएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले साझेदारीको एक दशक पूरा गरिरहँदा यो अवार्ड प्राप्त गरेको हो।
यो अवार्ड पाउनुले साझेदारीम थप ऊर्जा भरेको र साझा दृष्टिकोण, पारस्परिक विकास र उत्कृष्ट सेवा प्रवाहमा थप ऊर्जा पुगेको आइएमई मोटर्सले जनाएको छ। यो अवार्डले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको योगदानलाई कदर गर्दै प्रदान गरिएको बताएको छ।
आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो अवार्ड प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। उनले भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने बताए।
आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन् । आइएमई मोटर्सलाई निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको उनले बताए।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।