

प्रभु महालक्ष्मी लाइफले खुलायो संस्थापक शेयरको बिक्री




काठमाडौं । जीवन बीमक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न शेयरधनीको नाममा रहेको कुल ६ हजार ५२२ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ। यसले सो शेयर कम्पनीकै हाल कायम विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्ने बताएको हो।
यता, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्ने जनाइएको छ।
साथै, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको हो ।