
स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले असार २७ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपियाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागिएको हो ।
कम्पनीको आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । साथै, ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरिएको छ । बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिनेछ ।

