

२ फाइनान्स कम्पनी पनि नियामकीय कारबाहीमा पर्यो




काठमाडौं । नेपाल राष्ट्र बैंकको कारबाहीमा २ फाइनान्स परेका छन् । उनीहरु गत आर्थिक वर्षमा कारबाहीमा परेका हुन भने राष्ट्र बैंकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको जनाइएको हो ।
त्यस्तै, राष्ट्र बैंकले पोखरा फाइनान्सलाई ३२ लाख ७७ हजार रूपैयाँ जरिवाना गराएको बेलामा फाइनान्सले २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले जरिवाना गराएको अवस्था छ।
त्यस्तै, गुहेश्वरी मर्चेन्ट फाइनान्स कम्पनीले कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन राष्ट्र बैंकबाट स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको भन्दै प्रमूख कार्यकारी अधिकृत र सञ्चालकहरूलाई कारवाही स्वरूप सचेत गरेको छ। कम्पनीले वार्षिक साधारण सभाभन्दा अगाडि रिक्त भएको संचालक पदमा नियुक्ति नगरेको, वार्षिक साधारण सभामा समेत रिक्त सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारण सभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको भन्दै सचेत समेत गराएको थियो ।