

क्रयास भयो रसियामा अवतरण गर्न उडान भरेको विमान रडाराबाट भएको थियो बेपत्ता




काठमाडौं । रसियामा ल्याण्ड गर्न उडान भएको विमान रडार बेपत्ता भएको थियो । सोही विमान दुर्घटना परेको खबर छ। विमानमा करिब ५० जना यात्रु सवार थिए भने, बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको जनाइएको हो।
अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ः०० बजे (०४०० जिएमटी) राडारबाट हराएको थियो । पछि एउटा उद्धार हेलिकप्टरले टिन्डाबाट लगभग १६ किलोमिटर (१० माइल) टाढाको जङ्गल भएको पहाडी ढलानमा जलिरहेको विमान देखेको थियो ।
रूसी अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको भिडियोहरूमा घना, जङ्गली क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो उडिरहेको देखिएको छ । हेलिकप्टरमा रहेका उद्धारकर्ताहरूले कुनै बाँचेकाको प्रमाण नदेखेको स्थानीय उद्धारकर्ताहरूले बताए । अमुर क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले घटनास्थलमा स्थल टोली पठाउने बताएको छ ।