

२ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परे




काठमाडौं । बैंक वित्तीय क्षेत्रको नियामकीय निकाय नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको अवस्था छ । सोही राष्ट्र बैंकले सिटिजन्स बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको जनाइएको हो।
यता, बैंक तथा वित्तीय संस्था नियमन विभागले दिएको निर्देशन विपरीत सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी आफ्नो सुविधा वृद्धि गरेको पाइएको छ भने सिटिजन्स फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न राष्ट्र बैंकबाट दिइएको निर्देशनको पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको बताइएको छ।
साथै, सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद, बढाइएका कर्जाहरूमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको बेलामा बैंकले चालुपुँजी सम्बन्धी मार्गदर्शन, पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो।
त्यसरी नै एनआइसी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर स्थिर र परिवर्तनीय, किस्ता सम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा उल्लेख नगरेको पाइएको राष्ट्र बैंकले जनाएको हो भने बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको देखिएपछि राष्ट्र बैंकले यस बैंकलाई सचेत गराइएको अवस्था छ ।
नयाँ आर्थिक वर्षको सुरुवात चरणमा राष्ट्रबैंकले केही कडा शैली प्रस्तुत गरेको बेलामा अन्य बैंक वित्तीय संस्था समेत एकाएक झस्किन पुगेका छन् । ठिक यही बेलामा नियामकीय ढण्ढा थप मजबुत भएमा बैंक वित्तीय क्षेत्रको मुहार अझै फेरीले अपेक्षा समेत चौतर्फी बढ्न थालेको छ ।