

मधेश प्रदेशका आठ वटै जिल्ला संकटग्रस्त क्षेत्र घोषणा




काठमाडौँ । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली कमजोर भएका कारण खाद्य बालीहरूमा व्यापक असर परेको छ। कृषकहरूलाई रोपाइँको समयमा पानी नपरेकाले खेतहरू सुनसान र सुक्न थालेका छन् भने सिचाइ भएको क्षेत्रमा समेत पानीको कमीले बालीमा चिरा पर्ने समस्या देखिएको छ।
मधेश प्रदेश नेपालको कृषि उत्पादनको आधार हो। यस वर्ष यहाँको उत्पादन घट्दा नेपालले खाद्यान्नको आयातमा निर्भर हुनुपर्ने सम्भावना बढेको छ। यसले देशको खाद्य सुरक्षामा चुनौती थप्नेछ र अर्थतन्त्रमा समेत दबाब पर्नेछ। जसले गर्दा सरकारले संकटग्रस्त घोषणा गरेको हो ।