

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेको फाईनल निर्णय




काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेले फाईनल निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक राखेको एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीति फर्किने पछिल्लो दृढतालाई रोक्ने निर्णय गरेको हो।
केही दिन अघि सोही विषयमा छलफल गर्न पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री एवम् एमाले पार्टी अध्यक्ष बिच छलफल समेत भएको थियो । आज पार्टीको धारा ८ र ९ अनुसार अध्यक्ष केपी शर्मा ओलीले उनै भण्डारीले चाहे अनुसार पार्टीमा सदस्यता नविकरण नहुने एवम् सोही कारण राजनैतीक सक्रियता सम्भव नरहेको सुनाएका हुन् ।
अध्यक्षबाट निर्णय भए पनि उक्त विषयमा एमाले निकट कतिपय नेताहरुले नै केही फरक मत समेत राख्दै आएको अवस्था छ ।