
प्रविधि मैत्री सुरक्षालाई मुख्य केन्द्रमा राखेर सांग्रिला डेभलपमेन्ट बैंकले मनायो वार्षिकोत्सव



काठमाडौं । २० औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा आज बिहान ६ः३० बजे केन्द्रीय कार्यालय बालुवाटारमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्यसँगै प्रभातफेरी आयोजना गरेको हो।
बैंकको केन्द्रीय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न भएको हो भने सो अवसरमा प्रविधि लक्षित साक्षरताका जनचेतनामूलक सन्देशहरु प्रदर्शन गरिएको थियो ।
सोही प्रभातफेरी कार्यक्रम लगत्तै संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राखेका प्रस्तुत गरे । सोही वार्षिकउत्सवलाई नै लक्षित गरेर केन्द्रिय कार्यालय काठमाडौं, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर , बर्दिबास शाखामा कूल दुई सय ५१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ।
अहिले एक सय १२ शाखा तथा ३० एटिएमबाट वित्तीय सेवा प्रदान हुँदै आएको अवस्था छ ।

