
सामाजिक उत्तरदायित्व निभाउदै माच्छापुच्छ्रे क्यापिट:नवलपरासीमा विभिन्न सामाग्रीहरु हस्तान्तरण



काठमाडौं । माच्छापुच्छ्रे क्यापिटल लिमिटेडले गत शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार रामग्राम ५, परासी, नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालय लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरिएको हो ।
सोही समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, तथा विद्यालयका अन्य पदाधिकारीहरुले उपस्थिती जनाएका थिए ।
धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माच्छापुच्छ्रे क्यापिटल लिमिटेडले, नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि नागरिकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

