

बैंकको स्टाम्पदेखि स्टेटमेन्टसम्म नक्कली बनाउने सफराज खड्का नियन्त्रणमा




काठमाडौं । बैंकको छाप स्टाम्प देखि स्टेटमेन्टसम्म नक्कनी बनाउनले एक ४२ वर्षीय सफराज खड्कालाई नियन्त्रणमा लिइएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले को टोलीले मंगलबार काठमाडौं महानगरपालिका ३ महाराजगन्ज चोकको कोठाबाट नियन्त्रणमा लिएको हो।
सोही खड्काले किर्ते गरी विभिन्न कागजात, बैंक स्टेटमेन्ट, विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू बनाउने गरेका छन् भन्ने विशेष सूचनाको आधारमा सीआईबीले पक्राउ गरेको जनाएको अवस्था छ।
सीआईबीले विभिन्न सरकारी कार्यालय,जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रबर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्रलगायत नक्कली वस्तु फेला पारेको छ ।
उनले टियु, सिटिईभिटीई, एचएसर्यबि र एनईबीको होलो ग्राम लगायतका सामाग्रीहरू पनि नक्कली बनाएर बेच्ने गरेका छन् । उनीबाट प्रहरीले प्रिन्टर थान–२, सिपियु थान–१, स्क्यानर थान–१, रबर स्ट्याम्प बनाउने मेसिन थान–१ र मोबाइल थान–१ जफत गरेको छ ।