

दुर्गा प्रसाईंको ‘बी एन्ड सी’ अस्पतालद्धारा २ अर्ब ७० करोड ऋणको रेटिङ




काठमाडौं । दुर्गा प्रसाईँलेको एक अस्पताल ‘बी एन्ड सी’ ले अल्पकालीन तथा दीर्घकालीन ऋणको रेटिङ गराउँदा २ अर्ब ७० करोड १२ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन ऋण रेटिङ भएको अवस्था छ। सोही अस्पतालले अल्पकालीनतर्फ १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको बेलामा कम्पनीको अत्पकालीन ऋणलाई ‘केयर–एनपी एफोर’ रेटिङ दिएको जनाइएको हो ।
सोही रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा न्यूनतम स्तरको सुरक्षा रहेको मानिने बेलामा उक्त कम्पनीको यस्तो ऋणले ‘उच्च क्रेडिट जोखिम’ रहन्छ र डिफल्ट (तोकिएको समयमै भुक्तानी गर्न नसक्ने अवस्था) को सम्भावना बढी हुने रहेको देखिन्छ भने अस्पतालले दीर्घकालीनतर्फ २ अर्ब ६० करोड १२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको अवस्था छ।
सोही अस्पतालको दीर्घकालीन ऋणलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर–एनपी डबल बी माइनस’ रेटिङ दिएको तथा सो अवस्थाले कम्पनीको वित्तीय दायित्वहरू समयमै भुक्तानी गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको दर्शाउने बेलामा अस्पतालले दुई वर्ष अगाडि गरेको व्यापारको तथ्यांक देखाउँदै ऋणको रेटिङ गराएको हो।
यता, अस्पतालले सन् २०२२ को अन्यमा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अस्पतालको व्यापार सन् २०२१ को तुलनामा बढेको छ । सन् २०२१ मा यसले ८१ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । सन् २०२० मा यसले ५३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । दुर्गा प्रसाईँले यो अस्पताल २०११ मा स्थापना गरेका हुन् भने अस्पताल झापा जिल्लामा स्थापना भएको छ । बी एन्ड सी अस्पतालमा चार सदस्यीय सञ्चालक समिति रहेका छ । यस अस्पतालको अध्यक्षमा इन्दिरा गिरी रहेकी छिन । यस अस्पतालको कार्यकारी निर्देशक दुर्गा प्रसाईँ कार्यकारी रहेको छन् । यसैगरी, प्रबन्ध निर्देशकमा डा। रामबाबु गिरी आवद्ध छन् । सोही अस्पतालमा सन् २०२२ डिसेम्बर १ सम्म ६१५ जना कर्मचारी कार्यरत छन् । साथै, त्यहाँ ४ सय ६६ जना मेडिकल स्टाफ रहेको अस्पतालले जानकारी दिएको हो ।