

नेपाल वायु सेवा निगम असार मसान्तसम्म ५३ करोड ऋण तिर्न सफल




काठमाडौँ । नेपाल वायु सेवा निगमले ऋणको भारी बिसाउन सफल भएको छ । उसले २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको बेलामा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै २ न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा तथा २ वाईडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण भुक्तानी गरिएको खबर सार्वजनिक गरेको हो।
यता, सोही निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद भन्दै २ न्यारोबडी र २ वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा एवम् दुई वाईडबडी जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा रु।५३०,९५५, २८१ ९त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी मात्र रकम भुक्तानी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सोही निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जानकारी दिएको हो ।