

बजेट कार्यान्वयन गर्न सरकारले ल्यायो ९४ बुँदा




काठमाडौं । हाल अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि विभिन्न ९४ बुँदाहरु सार्वजनिक गरेको छ। सोही मन्त्रालयले बिहिबार सर्कुलर तयार गरी मन्त्रालय तथा मातहत सबै निकायलाई पठाएको जनाइएको हो।
त्यस्तै, सर्कुलरमा अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त आयोजना बाहेक अन्य कार्यक्रमहरुमा थप बजेट र रकमान्तरको सहमति माग नगर्न भनेको छ । चालु वर्ष हुने सबै प्रकारका भुक्तानीहरु विद्युतिय माध्यमबाट मात्रै हुनुपर्ने सर्कुलरमा उल्लेख गरिएको छ।
साथै, अर्थ मन्त्रालयले यसअघि नै निर्णय गर्दै महालेखा नियन्त्रकको कार्यालयलाई विद्युतिय माध्यमबाट मात्रै भुक्तानी गर्न केही दिन अघि मात्रै निर्देशन दिएको थियो ।