

आजदेखि विदेशी मुद्रा साट्न बैंक खाता चाहिने




काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य भएको छ। नियामक राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दे नयाँ व्यवस्था गरेको जनाएको हो ।
यता, राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा अमेरिकी डलर २ हजार ५०० थियो।
साथै, राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी ९नयाँ खाता खोली समेत० उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको बताइएको हो ।