

क्लासिकटेक अब १६ औं वर्षमा प्रवेश




काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी अब क्लासिक टेक १६ औं वर्षमा प्रवेश गरेको छ। त्यसरी १६ वर्षमा टेकेसँगै कम्पनीले ग्राहकका लागि ‘जतिमा चाहियो त्यतिमा अफर’ प्रकाशन गरेको हो।
उक्त अफरअनुसार इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर ग्राहकले जतिमा माग गर्छन् त्यतिमै पाइने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीले सुनाएको छ।
त्यस्तै, ग्राहकलाई यसबारे थप जानकारी चाहिएमा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टबाट आफ्ना ग्राहकहरुलाई प्रविधि युक्त आइपिभी सिक्स उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डेलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा गुणस्तरीय सेवा संचालनमा कम्पनी अग्रसर रहेको अवस्था छ ।
साथै, कम्पनीले ३ सय ६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको जनाइएको छ । सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालसम्म देशको मुख्य मुख्य शरह लगायत ७४ जिल्लामा सेवा दिँदै आएको बताएको हो ।