

विदेशीभुमी यूएईको जेलमा कष्टर जीवन बिताउन बाध्य १२० नेपालीलाई आममाफी




काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएई सरकारले १ सय २० नेपालीलाई एकसाथ आममाफी प्रदान गरेको छ । उनीहरुलाई विभिन्न कसुर गरेको आरोपमा राखिएको भए पनि हाल यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले विज्ञप्तीमार्फत बताएको हो।
त्यसरी आम माफी दिनुको कारण ईद अल–अदाहका समय पारेर सजाय मिनाहा गरेको अवस्था छ।
त्यस्तै, ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ, राजदूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।