

राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद जारी गर्ने




काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अब आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ। सोही कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पास गरेको थियो।
त्यस्तै, सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको अनुपातमा १ बराबर ०.६९८९ को दरले हकप्रद सेयर जारी गर्नेछ भने कम्पनीले फेस भ्यालूमा १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्नेछ।
साथै, राधी विद्युत कम्पनी लिमिटेडको ब्रिकी प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको अवस्था छ ।