

अब नागरिक र नबिल स्टक डिलरले आईपीओ जारी गर्न पाउने




काठमाडौं । अब नागरिक स्टक डिलर र नबिल स्टक डिलरले आईपीओ जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी को छैठौं संशोधन नियमावली, २०८२ जारी भएसँगै त्यस्तो बाटो खुलेको हो।
हाल सेबोनले मूल नियमावलीमा नियम ११ क थप गरी यस्तो व्यवस्था गरेको बेलामा ११ क मा धितोपत्रको सार्वजनिक निष्कासन गर्न अनुमति दिन सक्ने भन्नेमा ‘नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले अनुमतिपत्र प्राप्त धितोपत्र व्यापारीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्न अनुमति दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको हो।
साथै, नागरिक स्टक डिलर र नबिल स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको बेलामा अहिले नेपालमा पूर्ण कार्य गर्ने ब्रोकर भन्नाले अर्थात स्टक डिलर २ वटा मात्रै रहेको बोर्डले जनाएको छ ।